News Portal

  • देउवाको रोहबरमा भएको सहमति कार्यान्वयन नहुँदासम्म बानियाँलाई मत नदिने लामापक्षको अडान

    दोलागिरि संवाददाता२०८२ साउन २८
    ६१ पटक

    काठमाडौं । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा समूहका नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले सभापति शेरबहादुर देउवाको उपस्थितिमा भएको भद्र सहमति कार्यान्वयन नहुँदासम्म मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत नदिने अडान लिएका छन्।

    मंगलबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारीमा रहेका बानियाँविरुद्ध लामापक्षका १४ जना सांसद काठमाडौंमा आन्तरिक छलफलमा छन्। उनीहरूले साउन १४ गते लामाले मन्त्रीमा नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई पुनः मन्त्रीमा नियुक्त नगरेसम्म समर्थन नदिने बताएका छन्।

    लामापक्षका सांसद गीता गुरुङका अनुसार सभापति देउवाको रोहबरमा भएको सहमति कार्यान्वयन भए बानियाँलाई विश्वासको मत दिन कुनै आपत्ति छैन।

    बागमती प्रदेशका कांग्रेस सभापतिसमेत रहेका बानियाँ साउन २० गते नेकपा (एमाले) सहित ६४ सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए। संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

    प्रतिकृया दिनुहोस्