News Portal

  • मधेशको कम्युनिस्ट आन्दोलन पुनर्गठन आवश्यक : महासचिव विप्लव

    दोलागिरि संवाददाता२०८२ साउन २५
    ३०७ पटक

    बर्दिबास, श्रावण २३ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मधेशको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्ने बताएका छन्। शुक्रबार बर्दिबासमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले हाल मधेशको कम्युनिस्ट आन्दोलन झाँङ्गीएर पहाड उक्लिएको टिप्पणी गर्दै, त्यसलाई पुनर्गठित गर्दै बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए।

    विप्लवले विगतमा मधेशका थुप्रै कम्युनिस्ट पार्टीहरू बदनाम भएको स्मरण गराउँदै, आफ्नो पार्टी नविग्रीएको र त्यसैले मधेशमा नेकपालाई बलियो बनाउने अवसर रहेको बताए। “कम्युनिस्ट पार्टी बलियो भयो भने जनता पनि बलियो हुन्छन्,” उनले कार्यकर्तालाई उद्दृत गर्दै भने, “त्यसैले बलियो पार्टी निर्माण हाम्रो पहिलो दायित्व हो।”

    कार्यक्रम नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इञ्चार्ज अनिल सीको अध्यक्षतामा सम्पन्न भएको थियो भने केन्द्रीय सदस्य शिला सीले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा आस्थाका बन्दी बच्चेलाल सरदारलाई अभिनन्दन गरिनुका साथै, माओवादी केन्द्रका ३७ जना स्थानीय कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका थिए ।

    प्रतिकृया दिनुहोस्