

काठमाडौं, साउन २० — नेपालमा विद्युतीय सवारी साधनमार्फत चिनिएको विश्वप्रसिद्ध अटो ब्रान्ड प्रोटोनले नयाँ र प्रेरणादायी अभियान ‘ड्रिम अ ड्रीम’ सार्वजनिक गरेको छ।
उक्त अभियानले नेपाली नवप्रवर्तक, उद्यमी तथा सपना देख्ने व्यक्तिहरूलाई आर्थिक सहयोग र व्यावसायिक मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ। अभियानको उद्देश्य ‘ड्रिम अ ड्रीम’ अभियान अन्तर्गत तीन उत्कृष्ट व्यावसायिक आइडियाहरूलाई छनोट गरी जनही ५ लाख रुपैयाँसम्मको अनुदान प्रदान गरिनेछ। साथै, विजेताहरूलाई शार्क ट्यांक नेपालको आगामी सिजनका लागि मार्गदर्शन, तालिम तथा ग्रोमिङ सपोर्ट समेत दिइनेछ।
देशभरबाट सहभागिता देशभरका इच्छुक नेपाली नागरिकले प्रोटोनका आधिकारिक त्तच् कोड स्क्यान गरेर आवेदन फाराम भर्न सक्नेछन्। आवेदन दिने अन्तिम म्याद २०२५ अक्टोबर ३१ तोकिएको छ। अभियानका विजेताहरूको घोषणा नोभेम्बर २०२५ मा प्रोटोनको सोसल मिडिया च्यानलहरूमार्फत गरिनेछ। प्रोटोन नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “नवप्रवर्तन केवल प्रविधिको कारखानाबाट होइन, मानिसको मन र मुटुबाट सुरु हुन्छ।
‘ड्रिम अ ड्रीम’मार्फत हामी त्यस्ता सपनाहरूमा लगानी गर्न चाहन्छौं, जसले नेपालको उज्यालो भविष्य निर्माण गर्न सक्छ।” स्थानीय नवप्रवर्तन र वातावरणमैत्री प्रविधिमा जोड प्रोटोनको यो अभियानले स्थानीय उद्यमशीलता, हरित प्रविधि र सामुदायिक विकासमा कम्पनीको दीर्घकालीन प्रतिबद्धता प्रस्ट पार्दछ। यो कार्यक्रम केवल आर्थिक सहायतासम्म सीमित छैन, यो नेपाली युवाहरूको क्षमता उजागर गर्ने एक सशक्त प्लेटफर्म हो। सहभागिता प्रक्रिया संक्षेपमास् प्रोटोनको त्तच् कोड स्क्यान गरी आवेदन फाराम भर्नुहोस्। आफ्नो व्यावसायिक आइडिया २०२५ अक्टोबर ३१ भित्र पेश गर्नुहोस्।
नोभेम्बर २०२५ मा शीर्ष ३ विजेताहरूको घोषणा गरिनेछ। क्लीन मोबिलिटीबाट नवप्रवर्तनसम्म प्रोटोन, शंकर ग्रुपसँगको साझेदारीमा, नेपालमा इलेक्ट्रिक मोबिलिटी प्रवर्द्धन गर्ने अग्रणी ब्रान्डको रूपमा चिनिन्छ। जस्ता इभी मोडलमार्फत हरित प्रविधिको प्रवर्द्धन गर्दै आएको कम्पनीले अब सपना र नवप्रवर्तनलाई समेत ऊर्जा दिने अभियानमा आफूलाई समर्पित गरेको छ।
