News Portal

  • नाइमा एक्सपो २०२५ मा CFMOTO/ZEEHO का दुई नयाँ मोडल सार्वजनिक

    दोलागिरि संवाददाता२०८२ साउन २१
    १ पटक

    काठमाडौं, साउन २० – नेपालका लागि CFMOTO र ZEEHO का आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा दुई नयाँ मोडल – 300 NK450 SRS – सार्वजनिक गर्ने भएको छ।

    नयाँ मोडलहरूसँगै कम्पनीले “सीएफमोटो–जिहो अफरको वर्षा” अन्तर्गत खरिदकर्ताहरूलाई विशेष छुट, उपहार, प्रिभिलेज कार्ड र एक्सेसरिजको सुविधा दिने जनाएको छ।

    450 SRS मा 449.5 CC Twin-Cylinder इन्जिन, 6-स्पीड गियरबक्स, TFT डिस्प्ले, TCS, ABS लगायत उच्च प्रविधि जडान गरिएको छ भने 300 NK मा 292 CC सिङ्गल-सिलिन्डर इन्जिन, Dual Channel ABS र स्लिपर क्लचको सुविधा समावेश गरिएको छ।

    एक्सपोमा सहभागितामार्फत ग्राहकहरूले आकर्षक गिफ्ट ह्याम्पर पनि पाउनेछन्। कम्पनीले यी मोडलहरू नेपाली युवाहरूको रोजाइमा पर्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्