News Portal

  • सिनास कलेजमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

    दोलागिरि संवाददाता२०८२ साउन १८
    ४२२ पटक

    काठमाडौं, श्रावण १६ — सिनास कलेजले ११ कक्षामा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूका लागि एक विशेष स्वागत तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ।

    कार्यक्रममा व्यवस्थापन, मानविकी, शिक्षा तथा कानुन विषयमा स्नातक तहसम्म शिक्षा प्रदान गर्दै आएको यस शैक्षिक संस्थामा करिब दुई सय पचास भन्दा बढी विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो।

    शैक्षिक वातावरणको परिप्रेक्ष्यमा विद्यार्थीलाई आवश्यक मार्गनिर्देशन प्रदान गर्न आयोजित उक्त कार्यक्रममा शिक्षा क्षेत्रका प्रख्यात तथा दिग्गज व्यक्तित्वहरूको विशेष उपस्थितिले कार्यक्रमलाई थप प्रेरणादायी बनाएको थियो।

    उक्त अवसरमा नव विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत दिएका थिए, जसले कार्यक्रमलाई थप रङीन बनाएको थियो।

    बिहान ९ बजेबाट सुरु भएको उक्त कार्यक्रम भव्यता र उत्साहपूर्वक सम्पन्न भएको क्याम्पस व्यवस्थापन समितिले जनाएको छ।

     

    प्रतिकृया दिनुहोस्