Skip

News Portal

  • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानबीच एकताको औपचारिक घोषणा

    दोलागिरि संवाददाता२०८२ साउन ३
    १८ पटक

    काठमाडौं, श्रावण २ गते (२०८२)

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानबीच एकताको औपचारिक घोषणा गरिएको छ। शुक्रबार राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा दुबै पक्षका शीर्ष नेताहरूको उपस्थितिमा एकताको घोषणा गरिएको हो।

    कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, तथा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमसहित दुबै पक्षका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

    एकताको औपचारिक घोषणासँगै अब यी दुई राजनीतिक धारहरू एउटै कम्युनिष्ट शक्तिमा रूपान्तरण भएका छन्। विशेषतः नेकपा विभाजनपछि बनेका फरक धारहरूबीच पुनः एकीकरणको प्रयासस्वरूप यो कदमलाई महत्वपूर्ण राजनीतिक विकासका रूपमा हेरिएको छ।

    कार्यक्रममा सहभागी नेताहरूले अब देशमा विचार र सिद्धान्तमा आधारित समाजवादी राजनीति सुदृढ बनाउने उद्देश्यसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

     

    प्रतिकृया दिनुहोस्