Skip

News Portal

  • डोलेश्वर महादेवमा श्रावणी मेला सुरु, स्वास्थ्य मन्त्री थापाद्रारा उद्घाटन

    दोलागिरि संवाददाता२०८२ साउन २
    ३० पटक

    भक्तपुर, साउन १ – हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र डोलेश्वर महादेवमा आजदेखि श्रावणी मेलाको शुभारम्भ गरिएको छ।

    धार्मिक परम्परा अनुसार प्रत्येक वर्ष साउन महिनामा आयोजना गरिँदै आएको डोलेश्वर महादेवको श्रावणी मेला यस वर्ष पनि विशेष श्रद्धा र भव्यताका साथ सुरु भएको हो। मेलाको उद्घाटन बाग्मती प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

    कलश यात्रा, पञ्चकन्या, बासुरी तथा धिमे बाजासहित सुरु भएको मेलामा मातृशक्तिहरू, विभिन्न धार्मिक समूह तथा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको छ। यस अवसरमा सूर्यविनायक नगरपालिकाका उप–मेयर, वडा नं. ५, ७ र ८ का वडाध्यक्षज्यूहरू तथा स्थानीय अगुवाहरूको पनि उपस्थितिमा मन्दिर परिसर उल्लासमय वातावरणमा परिणत भएको थियो।

    मेलाको समापन आगामी भाद्र ६ गते हुने जनाइएको छ। मेलाभरि विविध धार्मिक अनुष्ठान, पूजापाठ तथा सांस्कृतिक कार्यक्रमहरू संचालन हुने आयोजकहरूले जनाएका छन्।

    डोलेश्वर महादेवस्थललाई केदारनाथको शिरको रूपमा मानिन्छ। नेपाल तथा भारतका विभिन्न भागबाट प्रत्येक वर्ष हजारौं श्रद्धालुहरू यो मेलामा सहभागी हुन आउने गर्दछन्।

    श्रावणी मेलाले भक्तजनमा धार्मिक भावनाको सुदृढीकरण गर्नुका साथै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

    प्रतिकृया दिनुहोस्