News Portal

  • गोदावरी नगरपालिका वडा नं. ३ ले गर्यो उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान

    दोलागिरि संवाददाता२०८२ आषाढ २२
    १७ पटक

    ललितपुर — गोदावरी नगरपालिका वडा नं. ३ ले एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याएका ८ विद्यालयका १८ विद्यार्थीलाई सम्मान गरेको छ। आइतबार आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक र विद्यालय प्रतिनिधिहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।

    सम्मानित हुनेमा किटानी, पुष्पाञ्जली, सुर्योदय, क्रसेन्ट, विद्यासागर, सेन्ट जेभियर लगायतका विद्यालयका विद्यार्थी समावेश थिए।

    कार्यक्रममा नगरप्रमुख गजेन्द्र महर्जनले मेहनत, लगनशीलता र दृढ इच्छाशक्ति नै सफलता प्राप्तिको मूल आधार भएको बताए। उनले विदेश जाने सोचभन्दा देशमै योगदान दिन विद्यार्थीहरूलाई प्रेरित गरे।

    उपप्रमुख मुना अधिकारीले निःशुल्क र अनिवार्य शिक्षाको घोषणासँगै सामुदायिक विद्यालयको गुणस्तर उकासिएको बताइन्। वडा अध्यक्ष राज घिमिरेले विद्यार्थीलाई आशावादी भएर लक्ष्यप्रति केन्द्रित हुन आग्रह गरे।

    शिक्षा शाखा प्रमुख दिनानाथ पन्थीले गोदावरीलाई शिक्षाको ‘हब’ बनाउन थालिएको अभियानमा यो सफलताले थप प्रेरणा दिएको बताए।

    प्रतिकृया दिनुहोस्