Skip

News Portal

  • देशभर नेकपाका नेताकार्यकर्ता राेपाईमा व्यस्त

    दोलागिरि संवाददाता
    ५३ पटक

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता(कार्यकर्ता हुँदै आत्मनिर्भर देशको लक्ष्यका साथ देशभर उत्पादन अभियानलाई तीव्रता दिएसँगै नेकपाका नेताकार्यकर्ता रोपाईमा व्यस्त छन् । असार १० गतेबाट सुरु भएको यो अभियान आगामी साउन १० गतेसम्म चल्नेछ । जसमा पार्टीका सबै तहका नेता(कार्यकर्ताहरू खेतबारीदेखि खलिहानसम्म सक्रिय रूपमा संलग्न छन् ।


    पार्टी महासचिव विप्लव सीले यस अभियानलाई पार्टीको आन्तरिक आत्मनिर्भरताका साथै समग्र देश र जनतालाई आत्मनिर्भर बनाउने बृहत्तर लक्ष्यका साथ अगाडि बढाइएको बताएका छन् । उनका अनुसार यो केवल पार्टीको मात्र नभई, देश र जनताको साझा अभियान हो । जसको मूल लक्ष्य देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाई नेपाली जनतालाई स्वाभिमानी र स्वाधीन जीवनयापन गर्न सक्ने बनाउनु हो ।


    नेकपाले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता(कार्यकर्ताको वैचारिक जग निर्माण गरी यसलाई व्यवहारमा उतारेको केही समय भइसकेको छ । यसैको निरन्तरता स्वरूप, वर्तमान उत्पादन अभियानलाई अझ सशक्त बनाइएको छ । पार्टीको स्थायी समिति, पोलिट ब्युरो र केन्द्रीय समितिको नेतृत्वमा देशभरका नेता(कार्यकर्ताहरू उत्साहका साथ यस अभियानमा होमिएका छन् । पार्टीले देशभर करिब १२० बिघा जग्गा भाडामा लिएर विभिन्न किसिमका खेतीहरू गरिरहेका छन् ।


    यो उत्पादन अभियानले केवल आर्थिक लाभ मात्र नभई, नेता(कार्यकर्ताहरूमा फरक उत्साह, आत्मविश्वास, स्वाभिमान र प्रतिबद्धता पैदा गरेको पार्टीको दाबी छ । यसले श्रम संस्कृतिको विकास गर्दै पार्टीलाई जनस्तरमा जोड्न मद्दत पुर्‍याएको छ । नेकपाको यो उत्पादन अभियानले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने र विदेशी परनिर्भरता घटाउने दिशामा एउटा महत्वपूर्ण कदम चालेको छ । महासचिव विप्लव सीले जनसमुदायलाई एकताबद्ध भई देशको नयाँ भविष्य निर्माणमा सहभागी बन्न आह्वान गरेका छन् ।

    यसै गरि देशव्यापी धान रोपाइँ गर्ने अभियान अन्तर्गत नेकपाले चितवनको ज्योतिनगरमा २ बिगाहा जमिनमा आइतबारदेखि धान रोपाइँ सुरु गरेको हो ।पार्टी प्रवक्ता प्रकाण्डको उपस्थितिमा नेकपाले भरतपुर–२६ ज्योतिनगरमा धान रोपेर सुरु गरेको हो । रोपाइँको उद्घाटन गर्दै प्रकाण्डले श्रम, उत्पादन र आत्मनिर्भरताको दिशामा अग्रसर हुन जरुरी रहेको बताए छन् ।

    पार्टीलाई आत्मनिर्भर बनाएर देश निर्माणको अभियानको नेतृत्वमा अग्रसर हुन उत्पादन कार्यमा जोडिएको उनले धारण थियो । पार्टी नेतृत्वदेखि कार्यकर्तालाई श्रम र उत्पादनमा जोड्ने नीति अनुसार उत्पादन अभियान जारी रहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्