News Portal

  • गोल्डेन सुनगाभा स्कूल फेरी पनि SEE 2081 मा उत्कृष्ट नतिजा सहित चम्कियो

    दोलागिरि संवाददाता
    ९९ पटक

    चाँगुनारायण, भक्तपुर — असार १५, २०८२
    चाँगुनारायण नगरपालिकामा अवस्थित गोल्डेन सुनगाभा स्कूलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) 2081 मा पुनः एकपटक उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै विद्यालयको गौरवमय परम्परा कायम राखेको छ।

    विद्यालयका अनुसार, यस वर्ष GPA 4 देखि 3.6 (A+) प्राप्त गर्ने विद्यार्थीहरूको संख्या ३१ रहेको छ भने GPA 3.2 देखि 3.6 (A) ल्याउने विद्यार्थीहरूको संख्या रहेको छ।

    विद्यालयको यो निरन्तर सफलता विद्यालय प्रशासन, शिक्षकमण्डल, अभिभावक वर्ग र मेहनती विद्यार्थीहरूको संयुक्त प्रयासको फल हो। SEE मा प्राप्त उल्लेखनीय नतिजाले विद्यालयको गुणस्तरीय शिक्षा, नियमित शैक्षिक अनुगमन र अनुशासनको प्रमाण दिएको विद्यालय प्रशासनले जनाएको छ।

    विद्यालय परिवारले उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै, निरन्तर साथ र समर्थन गर्ने सम्पूर्ण अभिभावक तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

    गोल्डेन सुनगाभा स्कूलले आगामी दिनहरूमा पनि शैक्षिक उत्कृष्टताको यात्रालाई अझै मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनााएको छ ।

    प्रतिकृया दिनुहोस्