


असार १०, भक्तपुर – नेसनल प्याव्सन भक्तपुरद्वारा आयोजित “अन्तर विद्यालय चित्रकला प्रतियोगिता–२०८२” भक्तपुरको सूर्यविनायक–८, सिपाडोलस्थित प्रसादी पाठशाला स्कुलको आयोजनामा भव्यरूपमा सम्पन्न भएको छ। चित्रकला मार्फत बालबालिकाको रचनात्मकता उजागर गर्न आयोजना गरिएको यस प्रतियोगितामा जिल्लाभरका सदस्य विद्यालयका विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रह्यो।
प्रतियोगितामा दुई तह – जुनियर ग्रुप (कक्षा १ देखि ४) र सिनियर ग्रुप (कक्षा ५ देखि ७) गरी चित्रकला प्रस्तुत गरिएको थियो।
जुनियर ग्रुपमा “मेरो विद्यालय” शीर्षकमा आयोजित प्रतियोगितामा प्रथम स्थान रजनी साखकर्मी (आरक्षण स्कुल),द्वितीय स्थान दीप सतशंकर (मदरल्याण्ड स्कुल),तृतीय स्थान दिक्षा राई (रुबी भ्याली स्कुल),सान्त्वना स्थान ऋदम तामांग (डेमोस स्कुल) ले प्राप्त गरेका छन्।
सिनियर ग्रुपमा “हाम्रो अन्तरिक्ष” शीर्षकमा आयोजित चित्रकला प्रतियोगितामा प्रथम स्थान रीया लामिछाने (मदरल्याण्ड स्कुल),द्वितीय स्थान निर्जला सुवेदी (आरक्षण स्कुल),तृतीय स्थान निमा तामांग (रुबी भ्याली स्कुल),सान्त्वना स्थान चन्द्र जंग खड्का (ईडेन गार्डेन स्कुल) ले प्राप्त गरेका छन्।
कार्यक्रमको प्रमुख अतिथि तथा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले सफल प्रतियोगिता आयोजनाको लागि आयोजक विद्यालय प्रसादी पाठशाला स्कुललाई विशेष धन्यवाद दिँदै विजेता विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्दै उहाँले नेसनल प्याव्सन भक्तपुरले प्रत्येक महिना विद्यार्थीकेन्द्रित कार्यक्रम आयोजना गर्ने परम्परा राखेको जानकारी दिँदै, यस्ता कार्यक्रमले बालबालिकाको समग्र व्यक्तित्व विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा आयोजक विद्यालयका प्रिन्सिपल दिनेेश शाक्यले यस प्रकारका सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा प्रकट गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। साथै उनले भविष्यमा पनि नेसनल प्याव्सनसँग सहकार्य गर्दै अन्य कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेसनल प्याव्सन भक्तपुरको यो प्रयासले विद्यार्थीहरूमा कला, सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न थप प्रेरणा प्रदान गरेको देखिएको छ।
