News Portal

  • प्रगतिशील लेखक संघ, नेपाल अन्तर्गत वैचारिक विमर्श तथा परिसंवाद विभागको बैठक सम्पन्न

    दोलागिरि संवाददाता२०८२ आषाढ १
    १३२ पटक

    कम्युनिस्ट आन्दोलनका जीवित धरोहर तथा समाजवादका अभियन्ता मोहन बिक्रम सिंहको विषेेश उपस्थित रहेने  ‘विचार चौतारी’ कार्यक्रम सुरु, पहिलो सत्र असार १३ गते हुने ।

    काठमाडौं, २०८२ असार १ –
    प्रगतिशील लेखक संघ, नेपाल (प्रलेस) अन्तर्गत वैचारिक विमर्श तथा परिसंवाद विभागको बैठक आज सम्पन्न भएको छ। बैठकको अध्यक्षता विभाग संयोजक समीर सिंहले गर्नुभएको थियो भने प्रलेसका केन्द्रीय अध्यक्ष डा. देवी दुलाल क्षेत्रीको विशेष उपस्थिति रहेको थियो।

    बैठकमा विभागीय संरचना, कार्यक्रमको नाम र स्वरूप, बौद्धिक गतिविधिहरू, प्रकाशन तथा आर्थिक पक्ष सम्बन्धी प्रस्तावहरू प्रस्तुत गरिए र सर्वसम्मत निर्णयहरू गरियो। उक्त वैठकले विभागको पूर्णता,कार्यक्रमको स्वरूप तथा नाम ,बौद्धिक गतिविधिहरूको आयोजना, प्रकाशन योजना र आर्थिक व्यवस्थापन लगाएतका बारेमा महत्त्वपूर्ण निर्णय लिएको विभाग प्रमुख समीर सिहँले जानकारी दिनु भएको छ ।

    बैठकले विभागको पूर्णता दिदै निम्न सदस्यहरुको नाम टुंगिएको हो विभाग संयोजकमा समीर सिंह सदस्यहरूमा डा. अमृता शर्मा, कुशल बोगटी, डा. कृष्ण सुवेदी डा. बाल चन्द्र मिश्र, दुर्गा परियार, रामरिझन यादव, मुक्तान थेवा, भिम रानाभाट, डा. मुरारी पराजुली, रमेश पन्त ‘मितबन्ध’, र डा. दीपक गौतम चयन भएका हुन ।

    यसै गरि वैठकले कार्यक्रमको स्वरूप र नाम परिवर्तन गरि
    विभागबाट मासिक रूपमा ‘विचार चौतारी’ शीर्षकमा वैचारिक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । कार्यक्रम हरेक महिनाको दोस्रो शुक्रबार आयोजना गरिनेछ।

    पहिलो ‘विचार चौतारी’ कार्यक्रम: अनर्तरगत २०८२ असार १३ गते आयोजना गर्ने भएको छ ।उक्त कार्यक्रम “गणतान्त्रिक आन्दोलनमा प्रगतिशील स्रष्टाको भूमिका” विषयक संवाद हुने छ । उक्त संवाद कार्यक्रममा कम्युनिस्ट आन्दोलनका जीवित धरोहर तथा समाजवादका अभियन्ता मोहन बिक्रम सिंहले विषयमा विस्तृत अवधारणा प्रस्तुति गर्नु हुने भएको छ । उक्त पस्तावमाथि प्रा. डा. जीवनदेव गिरी, डा. वृन्दा पाण्डे टिप्पणीकर्ताका रुपमा रहनु हुने समते जानकारी दिएको छ ।

    बैठकले नियमित वैचारिक बहसहरूलाई सशक्त बनाउँदै समाज रूपान्तरणको सांस्कृतिक मोर्चालाई बलियो बनाउने अठोट समेत सार्वजनिक गरेको छ।

     

     

    प्रतिकृया दिनुहोस्