News Portal

  • २१औँ विश्व रक्तदाता दिवस भक्तपुरमा विभिन्न कार्यक्रम गरी मनाइयौं

    दोलागिरि संवाददाता२०८२ जेठ ३२
    १९ पटक

    भक्तपुर । २१औँ विश्व रक्तदाता दिवस भक्तपुरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा विभन्न संघसस्था र व्यक्ति गरी १ सय ८७ रक्तादाताहरू लाई सम्मान गरिएको छ ।
    रक्तदाताहरूलाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रतिननिधि सभा सदस्य दुर्लभ थापाले नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले रगत नपाए भक्तपुर जानू भन्ने नारालाई चरितार्थ गर्दै रक्त सेवा सञ्चार सञ्चालन गरी समाज सेवामा अग्रनी भुमिकामा रहेको बताउनुभयो ।

    उहँले रक्त सञ्चार सेवा सञ्चालन गरी रेडक्रस भक्तपुरले रक्तदातामार्फत् रक्तदान गराई भक्तपुरमा मात्र नभइ नेपाल भरी नै सेवा गरिरहेको बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले रक्त सञ्चार केन्द्रमार्फत् लगिएका रगतको रगतको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो ।
    रगत संकलनमा लाग्ने खर्च संघीय सरकारमार्फत् गराउन पहल गर्ने र विरामीले सहज रूपमा रगत पाउनुपर्ने व्यवस्था हुनु पर्ने उहाँको भनाई थियो । भक्तपुर रेडक्रस सोसाइटीका सभापति पर्शुराम पाण्डेले रक्त सञ्चार सेवा केन्द्रबाट वार्षिक २५ हजार प्रिन्ट रगत संकलन हुने गरेको बतमउनुभयो ।

    रक्त सञ्चार सेवा केन्द्र भक्तपुरले माग बमोजिम विरामीलाई रगत वितरण गर्दै आएको बताउँदै उहाँले होल ब्लड र प्यासिल तथा फ्रेस ब्लड गरी वार्षिक ४५ हजार प्रिन्त रगत वितरण हुने गरेको बताउनुभयो ।

    महामन्त्री धर्मराज कार्कीले रगत नपाए भक्तपुर जानू भन्ने अवधारणा ल्याई रक्त सञ्चार केन्द्रले २४ घण्टा नै सेवा दिइरहेको बताउनुभयो । आकस्मिक रक्तदाता र दुर्लभ रगत समूह भएका रक्तदाताको सुची बनाएर आवश्यक विरामीलाई रगत दिन सक्ने गरी सेवा केन्द्रले काम गरीआएको उहाको भनाई थियो । यो समचार वनायर पठाउनु न

    प्रतिकृया दिनुहोस्