News Portal

  • अन्नपूर्ण बहुमुखी सहकारी संस्थाद्वारा एक महिने सौन्दर्य तालिम सम्पन्न

    दोलागिरि संवाददाता२०८२ जेठ १३
    १७३ पटक

    मध्यपूर थिमी, भक्तपुर । अन्नपूर्ण बहुमुखी सहकारी संस्थाको आयोजनामा, मध्यपूर थिमी नगरपालिका वडा नं ३ को लागत साझेदारी तथा क्रियटीभ ब्यूटी पार्लर तथा ट्रैनिङ सेन्टर गठ्ठाघरको समन्वयमा संचालन गरिएको एक महिने सौन्दर्य तालिम (हेयर कटिङ तथा स्टाइलिङ) सफलतापूर्वक सम्पन्न भएको छ।

    २०८२ बैशाख ७ गतेदेखि जेष्ठ ११ गतेसम्म संचालन भएको तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम वडा नं ३ का वडा अध्यक्ष श्री कृष्णहरी आर्चायज्युको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष श्री श्याम सुन्दर वस्नेतज्युको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा संचालन संस्था ब्यवस्थापक शोभा अधिकारीज्युले गर्नुभएको थियो।

    समापन समारोहमा मध्यपूर ठिमी नगरपालिकाको उद्योग, सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख श्री अभेन्द्र रञ्जित तथा तालिम संयोजक श्रीमती अरुणा कार्कीज्यु विशेष आतिथ्यमा सहभागी हुनु भएको थियो।

    तालिममा २० जना सहभागी थिए। सबै सहभागीलाई प्रमाणपत्र वडा अध्यक्ष श्री कृष्णहरी आर्चाय र संस्थाका अध्यक्ष श्री श्यामसुन्दर वस्नेतले वितरण गर्नुभयो। तालिमको सहजीकरण क्रियटीभ ब्यूटी पार्लर तथा ट्रैनिङ सेन्टरकी सञ्चालक श्रीमती सान्ती श्रेष्ठज्युले गर्नुभएको थियो।

    संस्थाले उक्त तालिममार्फत सहभागीहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

     

    प्रतिकृया दिनुहोस्