News Portal

  • सूर्यविनायक नगरपालिकामा बालमैत्री वडा घोषणाका लागि सहजकर्ता नियुक्त

    दोलागिरि संवाददाता२०८२ जेठ ७
    २० पटक

    भक्तपुर, जेष्ठ — बाल अधिकार संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाले २०८३ सालको जेष्ठ मसान्तसम्म सम्पूर्ण नगर क्षेत्रलाई बालमैत्री नगरपालिका घोषणा गर्ने योजना अघि सारेको छ। उक्त लक्ष्य हासिल गर्न नगरपालिका अन्तर्गत रहेका सबै १० वटै वडामा वडागत बालमैत्री सहजकर्ता नियुक्त गरिएको छ।

    बालमैत्री नगर निर्माणका लागि वडास्तरीय सक्रियता आवश्यक भएको बुझाइका साथ नगरपालिका नेतृत्वले वडागत सहजकर्ताको चयन गरी बालमैत्री संरचना तथा कार्यक्रमहरू प्रभावकारी रूपमा अगाडि बढाउने तयारी गरेको हो।

    सहजकर्ताहरूलाई यस महत्वपूर्ण जिम्मेवारीमा नियुक्त भएकोमा हार्दिक बधाई दिइएको छ। साथै, उनीहरूले आ–आफ्नो वडालाई बालमैत्री वडा घोषणा गर्न आवश्यक वातावरण निर्माणमा सफलता प्राप्त गरून् भन्ने शुभकामना पनि व्यक्त गरिएको छ।

    नगरपालिकाका तर्फबाट बाल अधिकारप्रति प्रतिबद्धता जनाउँदै सबै सरोकारवालाहरूसँग सहकार्यमा आधारित भएर लक्ष्य प्राप्ति गर्न सकारात्मक प्रयास जारी रहने जनाइएको छ।

     

    प्रतिकृया दिनुहोस्