News Portal

  • पाटन संयुक्त क्याम्पस स्ववियु निर्वाचनमा अखिल (समाजवादी) का अशोक महतारा निर्वाचित

    दोलागिरि संवाददाता२०८२ बैशाख २५
    ४९० पटक

    ललितपुर, पाटन — हालै सम्पन्न पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विप्लव  निकट अखिल (समाजवादी)का तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका अशोक महतारा स्ववियु सदस्यमा विजयी भएका छन्।

    अशोक महताराको जितप्रति साथीहरू, शुभेच्छुकहरू तथा संगठनका तर्फबाट हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको छ। संगठनले यो जितलाई विद्यार्थी आन्दोलनको पक्षमा सशक्त उपस्थितिको रूपमा लिएको छ।

    अखिल (समाजवादी) ललितपुरका अध्यक्ष जनक शाहिका  अनुसार यो जित केवल पदको लागि नभएर विचार, संघर्ष र संगठनप्रतिको प्रतिबद्धताको प्रतिबिम्ब हो। पाटन संयुक्त क्याम्पसमा विद्यार्थीको हकहित, गुणस्तरीय शिक्षा, शैक्षिक सुधार र समावेशी पहुँच सुनिश्चित गर्न अशोक महताराले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको  उनले बताएका छन ।

    प्रतिकृया दिनुहोस्