News Portal

  • मध्यपुर थिमिमा शनिवार १२औं एनएमबी बैंक सम्पदा पदयात्रा सम्पन्न

    दोलागिरि संवाददाता२०८२ बैशाख २१
    १३ पटक

    मध्यपुर थिमिमा शनिवार १२औं एनएमबी बैंक सम्पदा पदयात्रा गरेको छ । विश्व सम्पदा दिवसको अवसरमा एनएमबी बैंकले नेपाल सम्पदा संघ र मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा सम्पदा पदयात्रा गरेको हो ।

    पदयात्रामा मध्यपुर थिमि नगरपालिका भित्रका विभिन्न सम्पदाहरु अवलोकन गरिएको थियो । मध्यपुर थिमि नगरपालिका भित्रका विभिन्न सम्पदाहरूको संरक्षण र सम्वर्धन एवम् प्रचार प्रसार गरी पर्यटन उद्योगको विकास गर्ने उद्देश्यका साथ सम्पदा पदयात्रा आयोजना गरिएको हो ।

    मौलिक बाजागाजासहित स्थानीय शंखधर चोकबाट शुरु भएको पदयात्रा बालकुमारी मन्दिर, लोकेश्वर मन्दिर, थिमि लायकु दरवार, दिगु भैरव मन्दिर, नगदेशको लाछिटोलस्थित सिद्धि गणेश मन्दिर, बोडेको भाँगु महालक्ष्मी मन्दिरहुँदैं बोदेको प्रसिद्ध जिब्रो छेड्ने जात्रास्थल पाचो गणेश मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।

    सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिका ७५० वटा भन्दा बढी मूर्त एवम् अमूर्त सम्पदाहरुको थप प्रचार प्रचार गरी पर्यटन उद्योगको विकास गर्ने लक्ष्य नगरपालिकाको रहेको बताउनुभयो । विशेष गरी गत पुसमा सम्पन्न मध्यपुर महोत्सव पश्चात थिमिमा दैनिकरुपमा विदेशी पर्यटकको आगमन बढीरहेको चर्चा गर्दै उहाँले सम्पदा पदयात्राले पनि मध्यपुर थिमिमा पर्यटकको आगमनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय बासिन्दाहरुले पनि पर्यटन उद्योगकोविकासका लागि होम स्टे सञ्चालन गर्ने र पर्यटकलाई आवश्यक हस्पिटालिटी विकास गर्ने योजनाहरु बन्दै गरेको जानकारी गराउनुभयो ।

    प्रतिकृया दिनुहोस्