
भक्तपुर, २०८२ वैशाख २० – मनोरम बोर्डिङ सेकेण्डरी स्कुलले शैक्षिक सत्र २०८२ को पहिलो अभिभावक अभिमुखिकरण कार्यक्रम पूर्व–प्राथमिक तहका लागि भव्य र सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम शनिबार विद्यालय प्राङ्गणमा आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा विद्यालय परिवारले विद्यार्थीहरुको शैक्षिक प्रगति, विद्यालयको नीति तथा प्रणाली, र अभिभावकको भूमिकाबारे जानकारी साटासाट गर्दै आगामी शैक्षिक यात्रालाई अझ प्रभावकारी बनाउन विभिन्न विचारहरू प्रस्तुत गरियो।
कार्यक्रमको विशेष आकर्षणको रुपमा आदरणीय तुल्सी हरि प्रजापति सरद्वारा प्रस्तुत प्रेरणादायी (Motivational) सन्देशले उपस्थित अभिभावक र विद्यालय समुदायलाई थप उत्साह र मार्गदर्शन प्रदान गर्यो। विद्यालयका प्रिन्सिपलले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अभिभावकज्यूहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्तै सक्रिय सहभागिता जारी राख्न आग्रह गर्नुभयो। साथै, विद्यालयसँग नियमित सम्पर्कमा रही सुझाव तथा जानकारी आदानप्रदान गर्न सबै अभिभावकलाई निमन्त्रणा गरिएको छ।
विद्यालय परिवारले शैक्षिक सहकार्य, विश्वास र समन्वयको वातावरण निर्माण गर्न अभिभावकहरूसँगको सम्बन्धलाई सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन।