News Portal

  • पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” भव्य रूपमा सम्पन्न

    दोलागिरि संवाददाता२०८२ बैशाख १४
    २३ पटक

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” शनिबार ललितपुरमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि सभामुख देवराज घिमिरे र विशिष्ट अतिथि ऊर्जा मन्त्री दीपक खड्कासहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    आठ विधामा उत्कृष्ट फोटो पत्रकारहरूलाई अवार्ड प्रदान गरिएको कार्यक्रममा, नयाँ पत्रिकाका दीपेन्द्र ढुंगाना, गोरखापत्र दैनिककी कविता थापा, द हिमालयन टाइम्सका स्कन्द गौतम, उदिप्त सिंह क्षेत्री, राजिब हेन्गाजु, मनोजरत्न शाही, अभिषेक महर्जन र चन्द्रबहादुर आलेले पुरस्कार जिते। प्रदेशस्तरका उत्कृष्ट फोटो पत्रकारहरूलाई पनि सम्मान गरिएको थियो।

    वरिष्ठ फोटो पत्रकार देवेन्द्रमान सिंहलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ र स्व. चुङ्बा शेर्पालाई मरणोपरान्त विशेष सम्मान प्रदान गरिएको थियो।

    सभामुख घिमिरेले फोटो पत्रकारितालाई लोकतान्त्रिक समाजको महत्वपूर्ण अङ्ग भन्दै यसको योगदानको प्रशंसा गरे। मन्त्री खड्काले पनि फोटो पत्रकारिताले सत्य उजागर गर्ने भूमिकालाई सम्मानित गरे। कार्यक्रममा एनएफएपिजेले स्मारिका विमोचन समेत गरेको थियो।

     

    प्रतिकृया दिनुहोस्