News Portal

  • साइनिङ इङ्गलिस सेकेन्डरी स्कुलमा “Annual Focal Activities” सम्बन्धि तालिम तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

    दोलागिरि संवाददाता२०८२ बैशाख १४
    ७७ पटक

    भक्तपुर, बैशाख १३ —
    साइनिङ इङ्गलिस सेकेन्डरी स्कुल, चाँगुनारायण नगरपालिका वडा नम्बर ५ (साइनिङ रोड) पकुनेपाटी, भक्तपुरमा आज एकदिने “Annual Focal Activities” सम्बन्धि तालिम तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रशिक्षक तुलसी हरि प्रजापति ज्युको विशेष प्रशिक्षणमा सञ्चालन गरिएको थियो।

    कार्यक्रममा विद्यालय सञ्चालक समिति अध्यक्ष बिक्रम ढुकुछु ज्युले विद्यालयलाई आगामी वर्ष उत्कृष्ट बनाउन प्रत्येक शिक्षकले आ-आफ्नो जिम्मेवारी वहन गर्नु पर्नेमा जोड दिनुहुँदै विद्यार्थीहरूको गुणस्तर वृद्धि गर्न रणनीतिक रूपमा अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो। साथै, उहाँले विद्यालयलाई प्रगतिशील शिक्षाको मोडेलका रूपमा अगाडि बढाउने दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो।

    त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर फोजु ज्युले विद्यार्थीहरूको मनोभावना बुझेर उनीहरूलाई पाठ्यक्रममा आकर्षित गर्नुपर्ने सुझाव दिनुभएको थियो। उहाँले विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

    भाइस प्रिन्सिपल सुरज श्रेष्ठ ज्युले पनि शिक्षण पेशामा सफलता प्राप्त गर्न शिक्षकहरू स्वयंले परिवर्तनशील बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। उहाँले कार्यक्रम सञ्चालन गर्दै शिक्षकहरूलाई समयानुकूल परिवर्तित हुन प्रेरित गर्नुभएको थियो।

    कार्यक्रममा विद्यालयका इन्चार्ज, शिक्षक तथा शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो। समापनमा प्रशिक्षक तुलसी हरि प्रजापति ज्यू सहित सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको थियो।

     

    प्रतिकृया दिनुहोस्