News Portal

  • शिक्षामन्त्री भट्टराईले दिईन् राजीनामा

    दोलागिरि संवाददाता२०८२ बैशाख ८
    २७ पटक

    काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

    शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका वेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । याे विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएकाे थियाे ।

    मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्