News Portal

  • नगरकोट भ्रमण वर्ष–२०८२’ का सम्पूर्ण तयारी पूरा

    दोलागिरि संवाददाता२०८१ चैत्र २८
    ११ पटक

    भक्तपुर, चैत २९ – नगरकोटलाई पर्यटन केन्द्रको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले चार नगरपालिकाले संयुक्त रूपमा आयोजना गर्न लागेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ का सम्पूर्ण तयारी पूरा भएका छन्।

    चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाको संयुक्त पहलमा आयोजना हुन लागेको भ्रमण वर्षको शुभारम्भ वैशाख १ गतेबाट हुनेछ। आयोजकहरूका अनुसार भ्रमण वर्षमा १ लाख विदेशी र १० लाख स्वदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ।

    मूल आयोजक समितिका संयोजक तथा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले पत्रकार सम्मेलनमार्फत कार्यक्रमका सबै तयारी सकिएको जानकारी दिए। पर्यटकको बसाइ लम्ब्याउन गाउँगाउँमा नमूना होमस्टे स्थापना गरिएको जनाइएको छ।

    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चारै पालिकाको सहकार्यमा नगरकोटलाई पर्यटनको केन्द्रविन्दु बनाउने योजना रहेको बताए। बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले भ्रमण वर्षमा चण्डेश्वरी मन्दिरसम्मको पदयात्रा, जात्रा तथा गुम्बा लगायतका स्थानहरूको अवलोकनको व्यवस्था गरिने जानकारी दिए।

    भ्रमण वर्षको उद्घाटन कार्यक्रम बतासे डाँडामा हुनेछ, जहाँ ५० भन्दा बढी स्टल रहने छन्। कार्यक्रममा खानाका परिकार, कृषि सामग्री, गुरुङ सङ्ग्रहालय तथा चारै पालिकाका झाँकीहरू प्रदर्शनीमा रहनेछन्।

     

    प्रतिकृया दिनुहोस्