News Portal

  • शिक्षक आन्दोलनप्रति समाजवादी मोर्चाको ऐक्यबद्धता, न्यायपूर्ण माग तत्काल सम्बोधन गर्न माग

    दोलागिरि संवाददाता२०८१ चैत्र २८
    २०७ पटक

    काठमाडौं, चैत २९ – शिक्षक महासंघको आह्वानमा देशव्यापी रुपमा भइरहेको शिक्षक आन्दोलनप्रति समाजवादी मोर्चा, नेपालले गम्भीर ध्यानाकर्षण जनाउँदै ऐक्यबद्धता प्रकट गरेको छ। मोर्चाले शिक्षकमाथि भइरहेको अन्यायको अन्त्य गर्दै आन्दोलनरत शिक्षकको न्यायसंगत माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ।

    समाजवादी मोर्चाका संयोजक विप्लव सीले एक प्रेस वक्तव्य जारी गर्दै समाजवादी मोर्चाले शिक्षा प्रणालीमा सुधार, शिक्षकको गरिमा संरक्षण, शिक्षाको गुणस्तर सुनिश्चितता र शिक्षालाई आमजनताको पहुँचमा ल्याउनुपर्ने मागलाई पूर्ण समर्थन रहेको जनाएको छन्। वक्तव्यमा भनिएको छ, “शिक्षाको गुणस्तर विकास गर्न तथा शिक्षकहरूको हक–अधिकारको पक्षमा उठाइएको आवाजलाई हाम्रो मोर्चाले सकारात्मक रूपमा लिएको छ।”

    संघीयता र संविधानद्वारा प्रत्याभूत शिक्षाको हकलाई सुनिश्चित गर्न, निजीकरणको नाममा शिक्षालाई व्यापारिक बनाउने प्रयासको विरोध गर्न तथा विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै समाजवादी मोर्चाले आन्दोलनलाई जायज ठहर गरेको छ।

    वक्तव्यमा उल्लेख छ, “शिक्षालाई राज्यको दायित्वको रुपमा स्थापित गर्न, सबै नागरिकलाई समान शिक्षा पहुँचमा ल्याउन र शिक्षा ऐन संशोधन गर्न सरकार गम्भीर हुनुपर्छ।”

    समाजवादी मोर्चाले आन्दोलनरत शिक्षकहरूमाथि राज्यद्वारा गरिएको दमन बन्द गर्न र वार्तामार्फत समाधानको बाटो खोज्न सरकारसँग आग्रह गरेको छ।

     

    प्रतिकृया दिनुहोस्