News Portal

  • नवौं भक्तपुर महोत्सव २०८१/८२ तीनकुने चौर, सल्लाघारीमा सुरु भोलि दिदैंछन यी कलाकारहरुले धमका

    दोलागिरि संवाददाता२०८१ चैत्र २७
    ३५५ पटक

    भक्तपुर, चैत २८ – “नयाँ वर्ष नयाँ सोच, युवाहरूको लागि प्रगतिकाे स्रोत” भन्ने मूल नाराका साथ नवौं भक्तपुर महोत्सव २०८१/८२ आजदेखि भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा सुरु भएको छ।

    औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्लाङ्गा ग्रुपद्वारा संयुक्त रूपमा आयोजना गरिएको महोत्सव आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको मुख्य उद्देश्य औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्नु हो।

    चैत २९ गते विशेष आकर्षणका रूपमा चर्चित कलाकारहरू रवि रिमाल, सरोज लामिछाने, रमेश श्रेष्ठ, परिक विश्वकर्मा र शिशिरले सांगीतिक प्रस्तुति दिने भएका छन्। साथै, कार्यक्रममा खुल्ला नृत्य प्रतियोगिता तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति पनि रहने आयोजक संस्थाले जानकारी दिएको छ।

    महोत्सवमा विभिन्न उद्योग, कृषि उत्पादन, हस्तकला, पर्यटन प्रवर्द्धनका सामग्रीहरू प्रदर्शनीमा राखिनेछ भने स्थानिय उत्पादनको प्रवर्द्धनमा पनि विशेष जोड दिइने छ ।

    प्रतिकृया दिनुहोस्