News Portal

  • संघीय लोकतान्त्रिक मोर्चा गठन: मधेस केन्द्रित दलहरूको ऐतिहासिक सहकार्य

    दोलागिरि संवाददाता२०८१ चैत्र २०
    १३० पटक

    काठमाडौं – मधेस केन्द्रित दलहरूले नयाँ राजनीतिक सहकार्यको घोषणा गर्दै संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका छन्। मोर्चाले २६ बुँदे प्रतिबद्धतासहित समावेशी र संघीय लोकतान्त्रिक व्यवस्थाको सशक्त अभियान अघि बढाउने जनाएको छ।

    यस मोर्चामा जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) रहेका छन्। यी दलहरूले मिलेर मधेसको हकहित, अधिकार, र समृद्धिको लागि एकताबद्ध पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

    मोर्चाका नेताहरूले लोकतान्त्रिक मूल्य-मान्यता, समावेशिता, समानता, र क्षेत्रीय अधिकारलाई प्राथमिकता दिने बताएका छन्। साथै, उनीहरूले संविधान संशोधन, संघीयताको पूर्ण कार्यान्वयन, तथा मधेस र अन्य क्षेत्रका जनताको अधिकार सुनिश्चित गर्ने विषयलाई मुख्य एजेन्डा बनाउने बताएका छन्।

    यो नयाँ गठबन्धनले नेपाली राजनीतिमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ। मोर्चाले समान सोच भएका अन्य दल तथा नागरिक समाजलाई समेत सहकार्यका लागि आह्वान गरेको छ।

    प्रतिकृया दिनुहोस्