

भक्तपुर, चैत १८ – भक्तपुर जिल्लामा आज गणतन्त्र समर्थक राजनीतिक दलहरूहरुले पत्रकार सम्मेल गर्दै संयुक्त अपिल सार्वजनिक गरिएको छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) नेपाल कम्युनिस्ट पार्टी लगायतका दलहरूले अपसल जारी गरेका हुन उक्त विज्ञप्तिमा संविधानको रक्षा, लोकतान्त्रिक मूल्य-मान्यता, सामाजिक सद्भाव, तथा कानुनी शासनको पक्षमा दृढ अडान लिएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ कि संविधान विरोधी गतिविधि, हिंसात्मक गतिविधि र सामाजिक विखण्डन ल्याउने क्रियाकलापहरू अस्वीकार्य छन्। कुनै पनि समूह वा व्यक्तिले कानूनी शासनको उल्लंघन गर्ने कार्य गरेमा राज्यले त्यसको कारबाही गर्नुपर्ने उनहरुको अपिलमा भनिएको छ।
राजनीतिक दलहरूले केही दिनअघि राजदल फरकाउने नाउँमा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीजस्ता आपराधिक कार्यहरूको भर्त्सना गरेका छन्। साथै, हिंसात्मक गतिविधिमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याइने चेतावनी दिएका छन्।
संयुक्त अपिलमा सम्पत्तिमा तोडफोड तथा आगजनीजस्ता कार्यहरू निन्दनीय भएको बताउँदै राजनीतिक आन्दोलनको नाममा यस्ता अपराधिक गतिविधि अस्वीकार्य हुने स्पष्ट गरिएको छ। साथै, यस प्रकारका गैरकानुनी कार्यहरूलाई सबै राजनीतिक दलहरूले अस्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस अपिलमा नेपाली कांग्रेसका सभापति दुर्लभ थापा, नेकपा (एमाले) का अध्यक्ष बचन देवजा, नेकपा (माओवादी केन्द्र) का संयोजक सुमिन गोथे बासु, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष श्याम बस्नेत, नेपाल समाजवादी पार्टीका नेता श्रीराम खाईजु , र नेपाल कम्युनिस्ट पार्टीका सचिव आर्यन सि ले हस्ताक्षर रहेको छन ।