News Portal

  • माओवादी केन्द्रका नेता युवराज आचार्यलाई मातृशोक

    दोलागिरि संवाददाता२०८१ चैत्र १६
    ३६ पटक

    नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश समिति सदस्य एवं समाजसेवी युवराज आचार्यलाई मातृशोक परेको छ ।

     

    आचार्यको  ममतामयी आमा टिकामाया आचार्यको ७७ वर्षको उमेरमा शनिबार बिहान निधन भएको जानकारी पारिवारिक श्रोतले जानकारी दिएको छ ।

    सर्लाहीको ईश्वरपुरपुर-४ स्थायी घर भएकी टिकामाया भक्तपुरको सूर्यविनायक-८ स्थित दार्जिलिङ हाइट निवासी हुन् । उनी कान्छो छोरा युवराज संगै रहेकी थिइन्  उनको  निवासमै उनको निधन भएको हो ।

    उनी लामो समय देखि दम र स्पाइनल इन्जुरीले ग्रसित थिइन् । उनको पार्थिव शरीरलाई आजै पशुपतिस्थित आर्यघाट पुर्याई अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ । दिवङ्गत टिकामायाका ७ छोरा र २ छोरी रहेका छन् ।

    प्रतिकृया दिनुहोस्