News Portal

  • नेपाल औषधि व्यवसायी संघ भक्तपुरको चौथो साधारण सभा सम्पन्न

    दोलागिरि संवाददाता२०८१ चैत्र १५
    ३४० पटक

    भक्तपुर, चैत १६ – नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा भक्तपुरको चौथो साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। भक्तपुरको निलबाराही रिसोर्टमा आयोजित कार्यक्रममा संघका बागमती प्रदेश अध्यक्ष ध्रुबनारायण श्रेष्ठले उद्घाटन गरेका थिए।

    साधारण सभाको अवसरमा संघले संयुक्त रूपमा नयाँ क्यालेन्डर विमोचन गरेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै संघका महासचिव राजु श्रेष्ठ, जिल्ला शाखा काठमाडौंका अध्यक्ष शंकर महर्जन, ललितपुरका अध्यक्ष इन्द्रवीर महर्जन, काभ्रेका अध्यक्ष श्याम तिमिल्सना तथा रामेछाप–दोलखाका सदस्य मदन भौकाजीले औषधि व्यवसायको विकास तथा संघको भूमिकाबारे आफ्ना विचार व्यक्त गरे।

    संघका जिल्ला सभापति नारायणप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विनोदप्रसाद सापकोटाले पनि मन्तव्य राख्दै औषधि व्यवसायीहरूको हकहित तथा व्यावसायिक उन्नतिको विषयमा जोड दिएका थिए।

    कार्यक्रममा संघका विभिन्न पदाधिकारी, औषधि व्यवसायी तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस्