News Portal

  • मोर्डन बोर्डिङ्ग सेकन्डरी स्कूलमा प्री-प्राइमरी अभिभावक दिवस भव्य रूपमा सम्पन्न

    दोलागिरि संवाददाता२०८१ चैत्र ३
    २३९ पटक

    भक्तपुरको दधिकोटस्थित मोर्डन बोर्डिङ्ग सेकन्डरी स्कूल मा आज प्री-प्राइमरी तहका विद्यार्थीहरूको अभिभावक दिवस हर्षोल्लासका साथ भब्यरुपमा  सम्पन्न ।

    विद्यालयका साना नानीहरूका कला र प्रतिभा प्रदर्शन गर्ने यो विशेष कार्यक्रममा बालबालिकाले विभिन्न साँस्कृतिक प्रस्तुति, रमाइला नृत्य तथा गीत प्रस्तुत गरी सबैलाई मनोरञ्जन प्रदान गरे स्कुलका प्रिन्सिपल राजन कसपालले जानकारी दिएका छन् ।

    विद्यालयले विद्यार्थीहरूका अभिभावकहरूलाई समेत कार्यक्रममा सक्रिय रूपमा सहभागी गराउँदै रमाइला खेलकुद तथा अन्तरक्रियात्मक गतिविधिहरू गराएको थियो, जसले अभिभावकहरूलाई पनि कार्यक्रमप्रति आकर्षित बनायो। कार्यक्रममा प्री-प्राइमरी शिक्षकले उत्कृष्ट रूपमा सञ्चालन गरे भने सम्पूर्ण कार्यक्रम नमस्ते खोप TV बाट प्रत्यक्ष प्रसारण गरिएको जानकारी दिएको छ ।

    विद्यालय व्यवस्थापन समितिले सम्पूर्ण अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको सहयोग र उत्साहकै कारण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताउँदै सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

    प्रतिकृया दिनुहोस्