News Portal

  • मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने एमालेको निष्कर्ष

    दोलागिरि संवाददाता२०८१ चैत्र ३
    १४२ पटक

    ४ चैत्र २०८१, काठमाडौं । नेकपा एमालेले मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास असफल हुने निष्कर्ष निकालेको छ।

    पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै प्राप्त उपलब्धिहरूलाई अस्वीकार गर्ने, नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने तथा मुलुकलाई अलोकतान्त्रिक दिशामा फर्काउने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।

    बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकले मुलुकको परिवर्तन उल्ट्याउने तथा पश्चगामी दिशातिर लैजाने कुनै पनि प्रयास सफल नहुने निष्कर्ष निकालेको छ।

    ज्ञवालीले २१औं शताब्दीमा जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस हास्यास्पद, हानिकारक र निरर्थक भएको भन्दै एमालेले लोकतान्त्रिक मूल्यमान्यता अनुरूप अघि बढ्नुपर्नेमा विशेष जोड दिएको जानकारी दिए।

    त्यस्तै, बैठकले लुम्बिनी एमाले प्रदेश कमिटीले अनुमोदनका लागि पठाएको सूचीमा थप गरिएका २८ जना सदस्यहरूको नाम अनुमोदन गरेको छ।

    प्रतिकृया दिनुहोस्