News Portal

  • नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा छौं: विप्लव

    दोलागिरि संवाददाता२०८१ चैत्र १
    १०९ पटक

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ अवधारणासहित एकीकृत गर्ने अभियानमा लागेको बताएका छन्।

    शनिबार ललितपुरमा समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चन्दले नेपालको समग्र कम्युनिस्ट आन्दोलनलाई एकीकरण गर्दै २००६ सालको जस्तै सशक्त बनाउने प्रयास भइरहेको उहाँको धारणा रहेको छ ।

    उनले भने, ‘हामी केवल माओवादी धारलाई एक ठाउँमा ल्याउने मात्र होइन, समाजवादी शक्ति र सिंगो कम्युनिस्ट आन्दोलनलाई समेत नयाँ अवधारणासहित एकीकृत गर्ने छलफलमा छौँ। नेपालका कम्युनिस्ट शक्तिहरूलाई रूपान्तरण गर्दै नयाँ दिशातर्फ लैजान आवश्यक छ।’

    चन्दले कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउन वैचारिक स्पष्टता, सांगठनिक एकता र नयाँ रणनीति आवश्यक रहेको उल्लेख गरे। साथै, उनले सबै वामपन्थी शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने गरी छलफल तीव्र पारिएको जानकारी समेत उनेले दिएका थिए।

    नेपालमा पछिल्लो समय वामपन्थी दलहरूबीच एकता र मोर्चाबन्दीका विभिन्न प्रयासहरू भइरहेका बेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि एकीकरणका लागि पहल गरिरहेको स्पष्ट पारेका छन् ।

    प्रतिकृया दिनुहोस्