News Portal

  • अखिल  (समाजवादी)ले सार्वजनिक गर्यो ,स्ववियु चुनावको   प्रतिबद्धता 

    दोलागिरि संवाददाता२०८१ फाल्गुण ३०
    १९८ पटक

    काठमाडौं ।  यही ५ चैत्र  २०८१ सालको  (स्ववियु) चुनावलाई लक्षित गर्दै अखिल (समाजवादी) ले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। संगठनले विश्वविद्यालयमा शिक्षाको गुणस्तर सुधार, प्रशासनिक पारदर्शिता, वैज्ञानिक शिक्षा प्रणालीको विकास, र विद्यार्थी हकहितको संरक्षण लाई आफ्नो मुख्य एजेन्डा बनाएको छ।

    अखिल (समाजवादी) ले प्रतिबद्धता पत्रमा त्रिविलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने, पूर्ण मेरिट प्रणाली लागू गर्ने, र विद्यार्थीलाई श्रम, उत्पादन तथा समुदायसँग जोड्ने विषयमा विशेष योजनाहरू सार्वजनिक गरेको छ। साथै, नवउदारवादी शिक्षा नीतिको विरोध गर्दै, विद्यार्थीमैत्री पाठ्यक्रम निर्माण र व्यावहारिक शिक्षा प्रणालीको विकास लाई प्राथमिकता दिने घोषणा समेतग गरिएको छ।

    अखिल (समाजवादी) ले विद्यार्थीका हक, हित, र अधिकारलाई संस्थागत रूपमा स्थापित गर्दै पारदर्शी तथा वैज्ञानिक शिक्षण प्रणाली लागू गर्ने प्रतिबद्धता समेत  जनाएको छ। संगठनले त्रिवि सुधारका यी महत्वपूर्ण मुद्दालाई केन्द्रमा राख्दै सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नो पक्षमा मतदान गर्न आह्वान पनि गरेको छ।

    यस्ता  छन् मुख्य प्रतिबद्धताहरू ..

    प्रतिकृया दिनुहोस्