News Portal

  • होटल स्क्वायरकी मालिक रोमी अर्याल पक्राउ

    दोलागिरि संवाददाता२०८० माघ २३
    २०३ पटक

    काठमाडौं । ललितपुरस्थित होटेल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्यालले प्रहरीमा आत्मसमर्पण गरेकी छिन् । ललितपुर प्रहरी परिसरमा उनी शरण परेकी हुन् ।

    होटेलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले यसअघि नै प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेकी थिइन् । उनी अहिले हाजिर जमानीमा छुटेकी छिन्। उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो। ललितपुर महानगरपालिका वडा नम्बर–३ मा सञ्चालित होटेल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । हाल कोमामा रहेका सजिलमानको स्वास्थ्य सुधार भएको छैन ।

    भदौ १५ गते सजिलमान गम्भिर घाइते भएका उनलाई तत्कालै मेडिसिटि अस्पताल लगिएको थियो । होटेलका संचालकहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । ललितपुरको जावलाखेलका ४१ वर्षीय शाक्य झन्डै पाँच महिनादेखि अचेत अवस्थामा छन्।

    पुल्चोकस्थित होटेल स्क्वायरको स्विमिङ पुलमा उनलाई करेन्ट लागेको परिवारका सदस्यहरूको भनाइ छ। शाक्यको उपचारका लागि घरमै मेडिकल उपकरण जडान गरिएका छन्। बेलाबेला चिकित्सकहरूले परीक्षण गर्छन् भने हेरचाहका लागि एकजना नर्स राखिएको छ।

    प्रतिकृया दिनुहोस्