News Portal

  • नेकपा निकट उद्योग वाणिज्य महासंघ ललितपुरको भेला सम्पन्न

    दोलागिरि संवाददाता२०८१ फाल्गुण २२
    १४२ पटक

     

    फागुन २२ ललितपुर । नेपाल कम्युनिस्ट पार्टी निकट उद्योग वाणिज्य महासंघ ललितपुर जिल्ला भेला भब्यरुपमा सम्पन्न भएको छ । भेलावाट मोहन सिवाकोटी अध्यक्षतमा   १५ सदस्यीय नयाँ कार्यसमितिमा   निर्वाचित भएका छन्।

    भेलाका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सिले देशमा राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक संकट गहिरिँदै गएको धाराण राखेका छन् । उनले भेलालाइ सम्बोधन गर्दै राष्ट्रिय  उत्पादनलाई बढावा नदिई विदेशी सामानको व्यापारलाई प्रोत्साहन गर्ने दलाल पुँजीवादले देशलाई परनिर्भर बनाएको भन्दै यसको अन्त्यका लागि समाजवादी अर्थतन्त्र निर्माण गर्नुपर्ने धारणा राखे थिए । विप्लव नेतृत्वको नेकपाले मात्र देशलाई आर्थिक-राजनीतिक रूपमा नेपाली विशेषताको समाजवादतर्फ लैजान सक्ने उनको दाबी रहेको थियो ।

    विशेष अतिथि नेकपा  केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी ललित सिले साना तथा ठूला व्यापारीका समस्याको समाधानका लागि महासंघलाई बलियो बनाउनु आवश्यक रहेको बताए। अन्य अतिथिहरू नेकपा केन्द्रीय प्रतिनिधि सदस्य तथा ललितपुर महानगर इन्चार्ज बज्र सि, गोदावरी नगर इन्चार्ज रत्न सि, महालक्ष्मी नगर इन्चार्ज अमृत सि, महाँकाल गाउँपालिका इन्चार्ज कुलमान सि, ललितपुर महानगर सेक्रेटरी अष्ट सि, अ.क्रा.म.स संयोजक पवित्रा सि लगायतले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

    नव-निर्वाचित कार्यसमिति:
    १. अध्यक्ष – मोहन सिवाकोटी
    २. उपाध्यक्ष – इन्द्र राय
    3. कोषाध्यक्ष – बच्चु तिमल्सिना
    4. सचिव – सुमन घिमिरे
    5. सह-सचिव – मिना मगर
    6. मोहन कुँवर
    7. दिप्ति सिवाकोटी
    8. रोशन धरेल
    9. अक्षयकुमार श्रेष्ठ
    10. निशा वी.सी.
    11. तारा लामा
    12. विवेक लामा

    नवनिर्वाचित  अध्यक्ष मोहन सिवाकोटीले साना व्यवसायीहरूका समस्यालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले फुटपाथ व्यवसायीहरूलाई नगरपालिकाले विस्थापित गर्न खोजेको भन्दै त्यसको विरोधमा उभिने उनको धाराण रहेको थियो  । भेलामा उपस्थित नेताहरूले महासंघले उद्योगी तथा व्यवसायीहरूको हकहितमा काम गर्ने विश्वास व्यक्त गरे छन्।

    प्रतिकृया दिनुहोस्