News Portal

  • नेशनल प्याब्सनको अध्यक्षमा गीता राणा क्षत्री सर्वसम्मत निर्वाचित

    दोलागिरि संवाददाता२०८१ फाल्गुण १८
    १२३ पटक

    बीरगंज, पर्सा – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशन यही फागुन १५ र १६ गते पर्सा जिल्लाको बीरगंजमा सम्पन्न भएको छ। महाधिवेशनले नेशनल प्याब्सनकी संस्थापक तथा निवर्तमान अध्यक्ष श्रीमती गीता राणा क्षत्रीलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको छ।

    महाधिवेशनबाट केन्द्रीय सचिव पदमा भक्तपुरका बिक्रम ढुकुछु निर्वाचित भएका छन्। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संस्थाको भावी कार्यदिशा तय गरेको छ।

    नयाँ नेतृत्व चयनसँगै नेशनल प्याब्सनले निजी तथा आवासीय विद्यालयहरूको हकहितका लागि अझ प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्