News Portal

  • नेमकिपाको आठौँ महाधिवेशन आजबाट सुरू, नयाँ नेतृत्व चयन हुने कि विजुक्छेकै निरन्तरता ?

    दोलागिरि संवाददाता२०८१ फाल्गुण १६
    ७४ पटक

    काठमाडौं, फागुन १६ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन आजबाट सुरू हुदैं छ। महाधिवेशन आगामी फागुन १९ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनको उद्घाटन आज दिउँसो भक्तपुरको सल्लाघारीमा विशेष समारोहका साथ हुने जानकारी दिएको छ।

    उद्घाटन समारोहअघि बिहान कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायक बस बिसौनी, काठमाडौंको कोटेश्वर, ताथलीलगायत स्थानहरूबाट बाजागाजा, झाँकी र विविध सांस्कृतिक कार्यक्रमसहित जुलुस निकालिने खवर पाप्त भएक छ।

    महाधिवेशनमा काठमाडौं, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरूको व्यापक उपस्थिति रहने उक्त महाधिवेशनका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विविध विषयमा छलफल गरिने र विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरिने नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईँले जानकारी दिएका छन् ।

    वि.सं. २०३१ मा नारायणमान विजुक्छेँ (रोहित) को नेतृत्वमा स्थापना भएको नेमकिपाले आफ्नो पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा आयोजना गरेको थियो। त्यसयता पार्टीको सातौँ महाधिवेशनसम्म विजुक्छेँ सर्वसम्मत अध्यक्ष चयन हुँदै आएका छन्। यस वर्षको महाधिवेशनले पुनः विजुक्छेलाई नेतृत्व दिनेछ वा नयाँ नेतृत्व चयन हुनेछ भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ।

    यसअघिको सातौँ महाधिवेशनले विजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो, जसमा २३ केन्द्रीय र २ जना वैकल्पिक सदस्य थिए। आठौँ महाधिवेशनले पनि संगठनात्मक संरचना सुदृढ गर्दै आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्