

भक्तपुर, फागुन १४ – प्रजा इङ्लिस सेकन्डरी स्कूल दुवाकोट भक्तपुरले आफ्नो ३६औं वार्षिकोत्सवको अवसरमा विशेष खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। “रक्तदान – जीवनदान! जीवनदान – महादान!!” भन्ने नाराका साथ आयोजना हुन लागेको हो यस कार्यक्रममा स्थानीय समुदाय, शिक्षक, विद्यार्थीका अभिभावक तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रम यही फागुन १७ गते, शनिबार बिहान ९:३० देखि १०:३० बजेसम्म विद्यालय प्राङ्गण, दुवाकोट भक्तपुरमा सम्पन्न हुनेछ। विद्यालय व्यवस्थापनले सबैलाई रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भई मानवीय सेवामा योगदान दिन अनुरोध गरेको छ।
विद्यालय प्रशासनका अनुसार, रक्तदानले समाजमा सकारात्मक प्रभाव पार्ने र जरुरतमन्द बिरामीहरूलाई जीवनदान दिन सहयोग पुग्ने भएकाले यस प्रकारका सामाजिक कार्यलाई निरन्तरता दिने उद्देश्य रहेको छ।
विद्यालय व्यवस्थापनले सबैलाई कार्यक्रममा उपस्थित भई रक्तदानमार्फत समाजसेवामा हातेमालो गर्न विशेष आग्रह गरेको छ।