

भक्तपुर, फागुन १० – सुर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुरस्थित मदरल्याण्ड स्कुलले करिब ३७८ जना अभिभावकका लागि अभिमुखीकरण कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन सुर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना भट्टाराईले गर्नु भएको थियो । उहाँले मदरल्याण्ड स्कुलले प्रि-स्कुलका लागि पूर्ण रूपमा “बुक फ्रि” शिक्षा प्रणाली अपनाएकोमा प्रशंसा गर्दै नगरपालिकाले पनि शिक्षालाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। साथै, अभिभावकलाई दैनिक कम्तीमा १–२ घण्टा बालबालिकाको कुरा सुन्न र भावना बुझ्न सुझाव समेत दिनु भएको थियो ।
कार्यक्रमका प्रमुख वक्ता तथा प्रसिद्ध उत्प्रेरक विकास देव योन्जनले अभिभावकको व्यवहारबाट नै बच्चाले सिक्ने भएकाले उनीहरूको उज्ज्वल भविष्यका लागि सही मार्गदर्शन आवश्यक रहेको धाराणा राख्नु भएको थियो । मन्टेश्वरी तथा ईसिडी प्रशिक्षक प्रतिक्षा गौतमले सन् २०८१ देखि मदरल्याण्ड स्कुलले प्रि-स्कुलमा पाठ्यपुस्तकबिना सिकाइ प्रणाली लागू गरेको र आगामी वर्ष पनि सहकार्य जारी रहने जानकारी समेत दिनु भएको थियो ।
स्कुलका प्रिन्सिपल संजय खड्काले बालबालिकालाई पढाइको दबाव दिनुहुँदैन भन्दै सीप र व्यवहार सिकाउँदै कक्षा १ का लागि तयारी गराउनुपर्नेमा जोड दिनुभयो। साथै, ६ वर्षमुनिका बालबालिकालाई विहान छ–सात बजे नै स्कुल पठाउन नहुने र परिवारसँग विहान–बेलुकीको खानाले पारिवारिक स्नेह कायम हुने उल्लेख गर्नुभयो।
कार्यक्रम विद्यालयका कार्यकारी सञ्चालक शर्मिला देउजाको सभापतित्वमा सेराटन वैंक्वेट, जगातिमा सम्पन्न भएको हो।