News Portal

  • कार्यालय समयमै मदिराले झ्याप -शोभाकान्त पौडेल

    दोलागिरि संवाददाता२०८० माघ २२
    १७४ पटक

    बागलुङ । मालपोत कार्यालय बुर्तिबाङका प्रमुख शोभाकान्त पौडेल कार्यालय समयमा मदिराले मातिएको अवस्थामा फेला पर्नु भएको छ । दुई दिनदेखि कार्यालयमा उपस्थित नभएका पौडेल सरकारी निवासमै मदिराले मातिएको अवस्थामा फेला पर्नु भएको हो । सोमबार कार्यालय भएकै घरमा बस्दै आउनु भएका पौडेल कार्यालयमा नआएपछि सेवाग्राही निवासमै पुग्दा मदिराले लठ्ठिएको अवस्थामा सेवाग्राहीले फेला पारेका हुन् ।

    निसीखोला गाउँपालिका– १ देविस्थाबाट सेवा लिन आउनु भएका धिरेन्द्र मल्लले आफ्नो सबै काम आइतबारनै सकिएको तर प्रमुख पौडेलको हस्ताक्षर नहुँदा सोमबारसम्म कुर्नु परेको बताउनुभयो । २ दिन देखि नै हाकिम साहेब अफिस झर्नुभएको छैन कार्यालयमा आएर कुर्दा पनि पौडेल नआएपछि धेरै सेवाग्राहीले सास्ती खेप्नु परेको उहाँले सुनाउनुभयो ।

    तमानखोला गाउँपालिका–३ तमान गाउँबाट सेवा लिन आउनु भएका रत्नबहादुर बुढाथोकीले एकैछिनमा हुने कामलाई हामिकले दुई दिन लगाई दिएको बताउनुभयो । हजारौँ रुपैयाँ खर्च गरेर गाउँबाट आएको सुनाउँदै आइतबारनै सकिने काम सोमबारसम्म नगर्दिदा खर्च बढेको गुनासो पोख्नुभयो ।

    उहाँले भन्नुभयो – “हाकिम आएर काम सकिला भनेर हिँजो (आइतबार) दिनभरी कु¥यौँ, आउनु भएन आज पनि अबेरसम्म आउनु भएन, पछि त रक्सी खाएर सुत्नु भएको रैछ, यस्ता कर्मचारीले गर्दा हामी जस्ता सोझा जनताले दुःख पाउनु परेको छ, कुर्दा कुर्दा दुई दिन यतिकै बित्यो ।” उल्तै कार्यालय प्रमुखले म धेरै दिन बस्दिन यहाँ तिमिहरुले मिडियामा रिपोर्ट गरेर केही हुदैन भन्ने धम्किपुर्ण भाषा प्रयोग गरेका छन ।

    जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कार्यालय समयमा मदिरा सेवा गरि सेवाग्राहीको काम गर्ने पौडेललाई कानुनी कारबाही गर्ने बताउनुभयो । मदिराले मातिएका मालपोत अधिकृत पौडेललाई नियन्त्रणमा लिन प्रहरीलाई पत्र पठाएको सहायक प्रजिअ बरालको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्