News Portal

  • काठमाडौं महानगरका मेयर बालेन शाहको डोनाल्ड जे. ट्रम्पलाई खुला चुनौती

    दोलागिरि संवाददाता२०८१ फाल्गुण ९
    १४४ पटक

    काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले  अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत एक खुला चुनौती  सार्वजनिक गरेका छन्।  मेयर शाहले नेपालको राष्ट्रिय स्वाभिमान र आत्मनिर्भरताको विषय उठाउँदै अमेरिका बाहिरी विश्वमा अत्यधिक निर्भर रहेको उल्लेख गरेका छन्।

    मेयर शाहले फेसबुक स्टाटसमा लेखेका छन्, “हामी गरिब छौं किनभने हाम्रा मानिसहरू विदेश पलायन भइरहेका छन्। तर तपाईंहरू गरिब हुनुहुन्छ किनभने तपाईंहरू आफ्नै देश निर्माण गर्न सक्दैनन्। तपाईंहरूलाई संसारभरिका मानिसहरूको आवश्यकता पर्छ।”

    उनले अमेरिकामा चल्दै आएको डाइभर्सिटी भिसा (DV) कार्यक्रमलाई दासत्वको रूपमा व्याख्या गर्दै लेखेका छन्, “कृपया आफ्नो दासत्वको लोभ (DV) बन्द गर्नुहोस्; हामी हाम्रा बहुमूल्य सम्पदाहरू फिर्ता लिनेछौं भन्दै कडा रुपमा प्रस्तु भएका छन् ।

    स्टाटसको  अन्त्यमा मेयर शाहले ट्रम्पलाई व्यंग्य गर्दै भनेका छन्, “अन्य देशहरूलाई आफ्नो देशबाट प्रतिबन्ध लगाउनुहोस्, अनि बाँकी संसारलाई फस्टाउन दिनुहोस्।”

    मेयर शाहको यो स्टाटस सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसले धेरै नेपाली नागरिकबीच चर्चा र बहसको विषय उत्पन्न गरेको छ।

    प्रतिकृया दिनुहोस्