News Portal

  • सहकारी ठगी प्रकरण: रवि लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा जाहेरी

    जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत छन्

    दोलागिरि संवाददाता२०८० माघ २२
    ६४३ पटक

    facebook sharing button
    twitter sharing button
    whatsapp sharing button
    sharethis sharing button

    पोखरा । रास्वपा सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध सूर्यदर्शन सहकारी पीडितले प्रहरीमा जाहेरी बुझाएका छन् । पीडितहरुले कास्की प्रहरीमा जाहेरी बुझाए पनि उनीहरूको जाहेरी प्रहरीले बुझेको छ तर दर्ता भएको छैन ।

    जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत छन् । संस्थाहरूमा नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि विरुद्ध पनि आरोप छ ।

    यसबाहेक उनीहरू निकटका सहकारीविरुद्ध पनि जाहेरीमा नाम छ । छानबिन समितिको प्रतिवेदन अनुसार मनपरी रुपमा पैसा गएको देखिन्छ । पैसा लिएको तर फिर्ता नगरेका कारण जाहेरी दिएको पीडितहरूले बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले निवेदन प्राप्त भएको बताए । ‘निवेदन आएको छ । सुरु दर्ताकै आधारमा अनुसन्धान थाल्छौँ,’ उनले भने, ‘अब अनुसन्धान थाल्न सजिलो भो । यसबारेमा जिल्ला प्रशासनसँग पनि नियमित छलफल भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्