News Portal

  • सूर्यविनायक पाब्सनद्वारा एसईई विद्यार्थीहरूका लागि एकदिने विशेष अभिमुखीकरण तालिम सम्पन्न

    दोलागिरि संवाददाता२०८१ फाल्गुण ८
    ४१ पटक

    भक्तपुर, थिमी — सूर्यविनायक पाब्सन कार्यसमितिको आयोजनामा तथा Readmore Publication को प्रायोजनमा २५० भन्दा बढी एसईई विद्यार्थीहरूका लागि एकदिने विशेष अभिमुखीकरण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

    उक्त कार्यक्रम मिति २०८१ मंसिर ७ गते थिमीस्थित यचु पार्टी भेन्यूमा आयोजना गरिएको थियो भने तालिममा विद्यार्थीहरूलाई विशेषगरी गणित र सामाजिक विषयमा उत्प्रेरणा प्रदान गर्दै उनीहरूको परीक्षाप्रति आत्मविश्वास बढाउने उद्देश्य राखिएको थियो। कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा श्री डी.आर. सिम्खडा र मातृका लम्सालले प्रभावकारी सत्रहरू संचालन गर्नुभएको थियो।

    सूर्यविनायक पाब्सनले तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण सहभागीहरू, विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू, तथा प्रतिनिधिहरूलाई विशेष धन्यवाद व्यक्त गरेको छ। साथै, कार्यक्रममा मुख्य प्रायोजक Readmore Publication लाई पनि विशेष कृतज्ञता प्रकट गरिएको छ।

    यो तालिम एसईई परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूका लागि अत्यन्त उपयोगी भएको प्रतिक्रिया सहभागीहरूबाट प्राप्त भएको छ। आयोजक सूर्यविनायक पाब्सनले आगामी दिनमा पनि विद्यार्थीहरूलाई लक्षित गर्दै यस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    उक्त कार्यक्रम सुर्यविनायक प्याब्सन अध्यक्ष जिल्ला प्याब्सन अध्यक्ष लगाएतको विशेष उपस्थित रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्