

फागुन ८ काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाकाे तेमाल गाउँपालिका वडा नं ३ कुन्डोलमा बस दुर्घट्ना भएको छ ।
आज विहान ५ः४० बजे भएको उक्त दुर्घट्नामा परी एक जनाकाे मृत्यु भएको जानकारी प्रप्त भएको छ भने एक जना गम्भिर घाइते भएको जानकारी दिएको छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तेमाल गा.पा १ बस्ने बर्ष ५० का राम सिङ तामाङको घटना स्थलमा मृत्यु भएको छ भने चालक जिल्ला मकवानपुर बागमति गा.पा बस्ने बर्ष ५०को कृष्ण ब्लोन गम्भिर घाईते भएका छन् ।
प्रहरीका अनुसार धादिङबाट बिबाहाको जन्ति पुगाएर फर्कने क्रममा ना ४ ख ८८१७ खाली बस घुम्तिमा व्याग गर्ने क्रममा सडक बाट अं. २०० मिटर तल खसेकाे थियाे । घटनामा गम्भिर घाईते ब्लाेनकाे उपचारको लागी धुलीखेल अस्पताल पठाईएको प्रहरीले जनाकारी दिएको छ । घट्ना हुनासाथ उक्त स्थानमा प्रहरी चौकी पचुवारघाट बाट प्र.ह सम्भु बोहराको कमाण्डमा ३ जनाको टोली पुगेको थियो ।