News Portal

  •  मध्यपुर थिमी नगरपालिकाले ज्येष्ठ नागरिक तथा महिलाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने

    दोलागिरि संवाददाता२०८१ फाल्गुण ७
    ३७ पटक

    भक्तपुर  । मध्यपुर थिमी नगरपालिका जनस्वास्थ्य शाखाले ज्येष्ठ नागरिक (६० वर्षमाथि) तथा महिला सुःस्वास्थ्य कार्यक्रम अन्तर्गत विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गर्ने भएको छ।

    नगरपालिकाका सबै वडाहरूमा रहेका स्वास्थ्य संस्थाहरूमा प्रत्येक महिनाको २ दिन नेपाल कोरिया मैत्री नगरपालिकाका अस्पतालका मेडिकल अधिकृतहरूको समन्वयमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने छ। साथै, आवश्यक परेमा विशेषज्ञ सेवासमेत उपलब्ध गराइने छ। स्वास्थ्य विमा भएका व्यक्तिहरूलाई सम्पूर्ण ल्याब परीक्षण तथा औषधि निःशुल्क उपलब्ध गराइने छ। त्यस्तै, अल्ट्रासाउन्ड तथा भिडियो एक्सरे सेवाहरू आवश्यकतानुसार प्रदान गरिने छन्। विशेष उपचार आवश्यक परेमा अन्य अस्पतालहरूमा रिफर गरिने व्यवस्था गरिएको छ।

    स्वास्थ्य विमा नगराएका नागरिकहरूले पनि को-पेमेंट मार्फत सेवा लिन सक्नेछन्। गर्भवती महिलाहरूको स्वास्थ्य जाँचसमेत गरिने छ। स्वास्थ्य विमा नगराएका व्यक्तिहरूलाई स्थानीय स्वास्थ्य संस्थाहरूबाट सेवा लिन आग्रह गर्दै, औषधिहरू नि:शुल्क उपलब्ध गराउने तथा स्वास्थ्य विमामा दर्ता गराउन नगरपालिकाले सहयोग गर्ने बताइएको छ।

    नगरपालिकाले अशक्त ज्येष्ठ नागरिक तथा अक्षम व्यक्तिहरूलाई घरमै स्वास्थ्य सेवा पुर्‍याउने व्यवस्था गर्ने जनाएको छ।

    प्रतिकृया दिनुहोस्