News Portal

  • युनिक नेपाल एकेडेमीद्वारा “युनिक मेला-२०८१ भब्यरुपमा सम्पन्न

    दोलागिरि संवाददाता२०८१ फाल्गुण ७
    ८२ पटक

    फागुन ७ भक्तपुर । युनिक नेपाल एकेडेमीले फागुन ७ गते बुधबार “युनिक मेला-२०८१” को भव्य आयोजना गरेर मनाएको छ।

    विद्यालयका प्रधानाध्यापक सुमन बस्नेतका अनुसार यस मेलामा अभिभावक, विद्यार्थी, शिक्षक तथा पूर्वविद्यार्थीहरूलाई विशेष रूपमा आमन्त्रण गरिएको थियो भने उक्त मेलामा प्रमुख अतिथिका रुपमा प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष राजन कसपालको विशेष उपस्थित रहेको थियो ।

    यस मेलामा विभिन्न आकर्षक कार्यक्रमहरू समावेश गरिएको थियो , जसमा नृत्य, गीत, चित्रकला, खेलकुद प्रतियोगिता, शिक्षक तथा विज्ञान प्रदर्शनी, योग प्रदर्शन, विभिन्न परिकारका खानाका स्टलहरू, सांस्कृतिक कार्यक्रम तथा अभिभावक खेलकुद प्रतियोगिताका साथै पुरस्कार वितरण कार्यक्रम प्रमुख आकर्षण थिए ।

     

    प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालयले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्नुका साथै अभिभावक, शिक्षक, विद्यार्थी तथा समुदायबीच सुमधुर सम्बन्ध स्थापित गर्नु यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको जानकारी दिएका छन

    प्रतिकृया दिनुहोस्