

फागुन ७ भक्तपुर । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले समाजमा रेडक्रसले बिपतमा मात्र नभएर हरेक बखत महत्वपूर्ण भूमिका खेलेको धाराणा राखेका छन् ।
आज भक्तपुरमा आयोजित नेपाल रेडक्रस सोसाईटी भक्तपुरको ३० औं जिल्ला सभा तथा ५७ औं स्थापना दिवसको उद्घाटन गर्दै उनले रगत नपाए भक्तपुर जानु भन्ने भनाईलाई भक्तपुर रेडक्रसले चरितार्थ गरेको उनको धारणा थियो । बिपतका समयमा खेलको भूमिका महत्त्वपूर्ण रहेको उने बताएका हुन् ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा , बागमती प्रदेशका सदस्य सुरेश श्रेष्ठ लगाएतको विशेष उपस्थित रहेको थियो भने कार्यक्रममा रेडक्रस केन्द्रीय उपमहामन्त्री मनोज थापा, नेपाल रेडक्रस सोसाईटीका सभापति परशुराम पाण्डे, मन्त्री धर्मराज कार्की, पूर्व सभापतिहरु बालमुकुन्द सुवाल, केपी अवाल, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार लगायतले भक्तपुरमा रेडक्रसले पुर्याउँदै आएको योगदानका बारे चर्चा गरेका थिए ।
कार्यक्रमले वार्षिक नीति तथा कार्यक्रम र आगामी योजनाहरु पारित गर्दै भब्यरुपमा सम्पन्न भएको छ ।