

फागुन ६ भक्तपुर । नेकपा (माओवादी केन्द्र) निकट अनेमसंघ (क्रान्तिकारी) ले चाँगुनारायणमा नगरपालिकामा सिपयुक्त स्वरोजगार गृहिणी महिला अभियान अन्तर्गत झोल साबुन बनाउने तालिम सम्पन्न गरेको छ ।
मंगलबार चाँगुनारायण नगरपालिका ४ बजुटाेलका स्थानीय महिलाहरुलाइ तालिम दिएको हो । उक्त तालिममा ४५ लिटर झोल साबुन बनाइ प्रशिक्षार्थीहरुलाइ निशुल्क वितरण समेत गरिएको तालिमको प्रशिक्षक समेत रहेकी अनेमसंघ क्रान्तिकारी भक्तपुर जिल्ला अध्यक्ष राजेस्वरी शिल्पकारले जानकारी दिएकि छन् ।
उक्त तालिमको उद्घाटन गर्दै अभियानका परिकल्पनाकार समेत रहेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य युवा नेता डि.पी ढकालले महिलाहरु आर्थिक अभावकै कारणले घरेलु हिंसाबाट पीडित हुनुपरेको जिकिर गर्दै यस्ता तालिमहरुले गृहिणी महिलाहरुलाइ आम्दानिको राम्रो श्रोत बनाउदै गृहिणी महिलाहरुलाइ आत्मनिर्भर बन्न मद्दत पुग्ने धारणा राखेका छन् ।
उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य उमा कपाली, चाँगुनारायण नगर समिति उपाध्यक्ष रामकुमार तामाङ, सचिव चण्डिका लामिछाने लगायतको विशेष उपस्थित रहेको थियो भने तालिमा करिब ५० प्रशिक्षार्थीहरुको सहभागीता रहेको नेकपा (माओवादी केन्द्र) भक्तपुर जिल्ला समन्वय समिति सदस्य तथा चाँगुनारायण नगर उपाध्यक्ष राजकुमार बनले जानकारी दिएका छन् ।