News Portal

  • भक्तपुरको चाँगुनारायणमा एक युवक मृत फेला

    दोलागिरि संवाददाता२०८१ फाल्गुण ६
    २६ पटक

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका– ४ खोरिया भन्ने ठाउँमा एक युवकको मृत फेला परेका छ न् । मृतक १९ वर्षीय निरोज लामा भएको  प्रहरीले जनाएको छ । चाँगुनारायण–४ स्थित २१ वर्षीय बादल तामाङको घरमा उनको शव फेला परेको जानकारी दिएको छ ।

    प्रहरीका अनुसार निरोज गएराति उनका साथी बादलको घरमा गएका थिए । उनीहरू छुट्टाछुट्टै कोठामा सुतेको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीको टोली घटनास्थलमा पुग्दा निरोज मृत भेटिएका थिए । यस घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिएका छन्  ।

    प्रतिकृया दिनुहोस्