News Portal

  • एकीकृत समाजवादी बागमती प्रदेशको अध्यक्षमा भीमप्रसाद दहाल   निर्वाचित

    दोलागिरि संवाददाता२०८१ फाल्गुण ६
    २२ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद दहाल सर्वसहमत  र्निर्वाचित भएका छन् ।

    फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको पार्टीका उपाध्यक्ष तथा बागमती  कमिटीका इन्चार्ज डा. गंगालाल तुलाधरले जानकारी दिएका छन् ।

    इन्चार्ज तुलाधरकाअनुसार उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानिराम चौलागाई, निरू खरेल, दिपक धनुके निर्वाचित भएका हुन । दहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको जानकारी उने दिएका हुन् ।

    प्रतिकृया दिनुहोस्