News Portal

  • नवीन इङ्लिस स्कुल दुवाकोटले मनाय ३३औं बार्षिकोत्सब

    दोलागिरि संवाददाता२०८१ फाल्गुण २
    ५५ पटक

    भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर एक दुवाकोटमा अवस्थित नवीन ईङ्गलिस स्कुलले ३३औं बार्षिकोत्सब भब्यरुपमा एक कार्यक्रमको आयोजना गरि मनाएको छ।

    बार्षिकउत्सव कार्यक्रमको उदघाटन गर्दै चाँगुनारायण नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष सिजन कार्कीले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा स्कुलको खुलेर प्रशंसा गरे। उनले आफ्नो वडाको एक मात्र संस्थागत माबिले उच्चबर्ग,मध्यबर्ग र निम्नबर्ग भनेर भेदभाब नगरी,न्यून शुल्कमा गुणस्तरीय शिक्षामा अझै जोड दिएर जाने अपेक्षा समेत गरे वडाको स्कुललाई सधैं सहयोग रहने प्रतिबद्धता जाएर गरे।

    कार्यक्रममा स्कुलका प्रिन्सिपल राम निरौलाले स्कुलको प्रगति बिबरण प्रस्तुत गर्दै स्कुलले देखिने गरी प्रगति गरेको बताए। उनले नयाँ स्थानमा मापदण्ड अनुसारको आबश्यक भौतिक संरचना र जग्गाको ब्यबस्था गरिएको जानकारी दिए। उनले स्कुललाई अभाब हुँदै आएको सबै चिजको ब्यबस्था गरिएकाले अबको दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्न थप प्रभाबकारी ढंगले लागि पर्ने बताए। प्रिन्सिपल निरौलाले बिद्यार्थीलाई स्वास्थ्य सेवा स्कुलमै उपलब्ध गराउन नर्सको ब्यबस्था र १ लाख सम्मको स्वास्थ्य बिमा गर्न लागिएको जानकारी दिए।

    कार्यक्रममा उनले अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य ,गायन ,संगीत र खेलकुदमा शिक्षक र प्रशिक्षकको ब्यबस्था गरिएको जानकारी दिए। कार्यक्रममा बिद्यालयलाई सहयोग पुरयाउने ३ जनालाई सम्मान गरिएको थियो। कार्यक्रममा अनुसासित तथा विभिन्न बिधामा उत्कृष्ट हुने बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो।

    अभिभाबक दिबसको अबसरमा कक्षा २ देखि कक्षा १० सम्मका बिद्यार्थीले आफ्नो कला गायन र नृत्य प्रस्तुत गरेर अभिभाबक र अतिथिहरूलाई खुसी पारेका थिए। स्कुलले प्ले ग्रुपदेखि कक्षा १ सम्म र कक्षा २ देखि कक्षा १० सम्म दुई चरणमा बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम स्कुलका निर्देशक उमेश कुमार न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो।

    प्रतिकृया दिनुहोस्